एनआइसी एसिया बैंकले सेयरधनीलाई लाभांश नदिने

बुधबार, ०२ माघ २०८१, १० : ५९

काठमाडौं- एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

बुधबार, ०२ माघ २०८१, १० : ५९

प्रतिक्रिया