काठमाडौं - गोर्खाज फाइनान्सको पुस २९ गते बोलाएको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ ।
कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित सेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि सभा रोकिएको जनाइएको छ ।