नेप्सेमा १.८३ अंकको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

बुधबार, ०२ माघ २०८१, १५ : १६

काठमाडौं - साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८३ अंकले बढेर २५९५.९६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा सुधार आउँदा दोल्ती पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसै गरी सुपरमादी हाइड्रोपावरको ९.८१ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिकको ८.३० प्रतिशत, श्वेतगंगा हाइड्रोपावरको ८.१९ प्रतिशत खानीखोला हाइड्रोपावरको ७.९२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर बजारमा सामान्य सुधार आउँदा यी हाइड्रोपावर कम्पनीका लगानीकर्ता मालामाल

 

 

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ४९ लाख ४४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सुपरमादी हाइड्रोपावरको ३० करोड ६६ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन सिन्धु विकास बैंकको १९ करोड ८४ लाख ७३ हजार रुपैंया, पिपुल्स हाइड्रोपावरको १८ करोड ४ लाख ९५ हजार रुपैयाँ, रिभरफल्स पावरको १७ करोड ८६ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

 

 
बुधबार, ०२ माघ २०८१, १५ : १६

प्रतिक्रिया