कामना सेवा विकास बैंकको शेयर बिक्रीमा

शुक्रबार, ०४ माघ २०८१, ०९ : ५१

काठमाडौं- कामना सेवा विकास बैंकको करिब ३४ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

यसअघि संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको ३३ हजार ८५२ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको छ। यो शेयर खरिदका लागि निवेदन दिन इच्छुक लगानीकर्तालाई ७ दिनको म्याद दिइएको छ।

तोकिएको मितिभित्र लगानीकर्ताले शेयर खरिदका लागि काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

 

शुक्रबार, ०४ माघ २०८१, ०९ : ५१

प्रतिक्रिया