काठमाडौं- नेपाल धितोपत्र बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।
कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता बराबरको २२ करोड ५० लाखको आइपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गरिब तथा निमुखा वर्गलाई लक्षित गर्दै तिनीहरूलाई वित्तीय सुरक्षाको पहुँचमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
प्रतिक्रिया