आरम्भ चौतारी लघुवित्तले बोलायो साधारण सभा

शुक्रबार, ०४ माघ २०८१, १२ : ३५

काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।त्यस्तै, सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । 

कम्पनीले  यस पटक सेयरधनीलाई लाभांश भने नदिने भएको छ । यसर्थ, यस पटक पनि कम्पनीका सेयरधनीको हात खाली हुनेछ । अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ । 

साथै, सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

 
शुक्रबार, ०४ माघ २०८१, १२ : ३५

प्रतिक्रिया