सानिमा बैंकको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा

शुक्रबार, ०४ माघ २०८१, १२ : ३९

काठमाडौं - सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ। लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा रहेको छ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ। 

 
शुक्रबार, ०४ माघ २०८१, १२ : ३९

प्रतिक्रिया