काठमाडौं - यस साता नेप्से परिसूचक १.७ प्रतिशत अर्थात् ४६.४७ अकंले घटेर २५८८.६२ विन्दुमा पुगेको छ। यस हप्ता सेयर चार दिन खुलेका थियो । गत साता २६३५ बिन्दुमा भएको बजार यो साता १।७ प्रतिशत अर्थात् ४६.४७ अकंले घटेर २५८८.६२ विन्दुमा पुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से २५.४१ अंकले घट्यो, सोमबार १५.५४ अंकले घट्यो, बुधवार १.८३ अंकले बढ्यो र बिहीबार ७.३३ अंकले घट्यो । यस साता चार कारोबार दिनमध्ये तिन कारोबार दिन नेप्से घटेको हो भने एक कारोबार दिन नेप्से बढेको थियो ।
आइतबार ३ अर्ब ९४ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १८ करोडको कारोबार भयो । बुधवार ५ अर्ब ७८ करोड र बिहीबार ५ अर्ब ८८ करोड रुपैयाँ बराबर कारोबार भएको थियो ।
यस साता फाइनान्स सेक्टर सबैभन्दा धेरै १२.९५ प्रतिशत घट्यो । कारोबारको पहिलो दिन ३.६० अंकले घट्न सुरु गरेको फाइनान्स सेक्टर दोस्रो दिन सोमबार १.३२ अंकले घट्न पुग्यो । त्यसपछि तेस्रो दिन मंगलबार थप ३.४८ अंक हुँदै अन्तिम कारोबार दिन बिहीबार एकै चोटि ५.१९ अंकले भारी गिरावट भएको थियो । साताको पहिलो कारोबार दिन नेप्से २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से १५.५४ अंकले घटेर २५९४.१३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से १.८३ अंकले बढेर २५९५.९६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ७.३३ अंकले घटेर २५८८.६२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको २९६ कम्पनीको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया