काठमाडौं - इरानको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ ।
सरकारी मिडियाका अनुसार इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको हो ।यस आक्रमणमा अर्का न्यायाधीशसँगै एक अंगरक्षक पनि घाइते भएको मिडियाले जनाएको छ । अज्ञात आक्रमणकारीले गोली चलाउने लगत्तै आफैँलाई गोली हानेको पनि बताइएको छ ।
आक्रमण कुन प्रयोजनका लागि गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । मारिएका दुवै न्यायाधीशहरू ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा उनीहरूको भूमिकाका लागि परिचित थिए। -एजेन्सी
प्रतिक्रिया