गार्डियन माइक्रो लाइफको आइपीओ बाँडफाँड, १६ लाख ३७ हजार आवेदकको हात खाली

आइतबार, ०६ माघ २०८१, ०९ : ४२

काठमाडौं- गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज आइतबार (माघ ६ गते) बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो। कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको थियो।

गार्डियन माइक्रो लाइफको आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकबाट २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जुन मागभन्दा १२.५८ गुणाले बढी हो।

कुल परेको आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदकबाट माग भएको २ करोड ३० लाख ३५ हजार ७३० कित्ता शेयर सदर भएको छ भने ८ हजार ४५२ आवेदकबाट माग भएको १ लाख ६६ हजार ८१० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण गार्डियन माइक्रो लाइफको आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ३७ हजार ९०५ आवेदकको हात खाली भएको छ।

यो आइपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओ नतिजा सीडीएससीको ष्उयचभकगति।अमकअ।अयm।लउ, ‘मेरो शेयर’ वा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ।

आइतबार, ०६ माघ २०८१, ०९ : ४२

प्रतिक्रिया