सूर्योदय वोमी लघुवित्तको  ३१ हजार कित्ता शेयर बिक्रीमा

आइतबार, ०६ माघ २०८१, १० : २२

काठमाडौं- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ३१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ३१ हजार २६६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा सर्वसाधारणले खरिद निवेदन दिन सक्नेछन्। यसअघि संस्था विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरिएकोमा कुनै खरिद निवेदन परेकोले अन्य व्यक्ति तथा संस्थाका बिक्री खुला गरिएको हो।

इच्छुक सर्वसाधारणले ३५ दिनभित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालय वा काठमाडौंको नागपोखरीस्थित संस्थाको शेयर रजिस्ट्रार कुमारी क्यापिटलमा खरिद निवेदन पेस गर्न सक्नेछन्।
 

आइतबार, ०६ माघ २०८१, १० : २२

प्रतिक्रिया