काठमाडौं - कुमारी बैंकले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ हजार ७६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकका संस्थापक शेयर धनीहरूले उल्लेखित सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ । संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूको हुने भएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया