काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा दश उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा सुधार आउँदा बोतलर्स नेपाल(बालाजु)को सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, विन नेपाल लघुवित्तको ९.०९ प्रतिशत, साम्लिङ पावर कम्पनीको ७.४६ प्रतिशत, नेपाल रिपब्लिक मिडियाको ७.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ८५ लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सुपरमादी हाइड्रोपावरको २४ करोड ४५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाख ३० हजार रुपैंया, सिन्धु विकास बैंकको १४ करोड ९२ लाख २७ हजार रुपैयाँ, पोखरा फाइनान्सको १३ करोड ८३ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया