मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

आइतबार, ०६ माघ २०८१, १८ : ०३

काठमाडौं - मध्य जाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । 

गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेट लाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च ९फरवार्ड० ले न्यानो कपडा वितरण गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेट लाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गरे । कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं। ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् । 

सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यावसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ । सांसद चौधरीले महिला सशक्तीकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न परिवारको आर्थिक उन्नतिको निम्ति विभिन्न कार्यक्रम लिएर बस्ती बस्तीमा गरिरहेकी छिन् ।

गत वर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गरेकी थिइन् । तराईमा शीतलहरले जनजीवन कष्टकर बनिरहेको बेलामा न्यानो कपडा वितरणको निम्ति सांसद चौधरीले पहल गरेर कार्यक्रम ल्याएकी हुन्  ।

 
आइतबार, ०६ माघ २०८१, १८ : ०३

प्रतिक्रिया