काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७८ अकंले बढेर २६०७.९९ बिन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा सुधार आउँदा मानुषी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, रिभर फल्स पावरको ७.७० प्रतिशत, दोल्ती पावरको ७.४७ प्रतिशत, मध्यभोटेकोशी जलविद्युतको ५.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी हिमालयन पावर पार्टनरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड २० लाख रुपैयाँ, बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्टक्चरको १६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै, यस दिन नेपाल रि इन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँ र सिन्धु विकास बैंकको १३ करोड रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया