आजबाट नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री खुला

मंगलबार, ०८ माघ २०८१, ११ : ५९

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्सले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला भएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले आईपीओ निष्काशन खुला भएको हो। कम्पनीले २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको छ । 

यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ । जसको म्याद माघ २२ गतेसम्म तोकिएको छ । कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने छ । यसको बिक्री प्रबन्धक एन आईएमबी एस क्यापिटल रहेको छ । 

मंगलबार, ०८ माघ २०८१, ११ : ५९

प्रतिक्रिया