एलआईसी नेपालको हकप्रद बाँडफाँड

मंगलबार, ०८ माघ २०८१, १२ : ५८

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर आज बाँडफाँड गरेको छ।

कम्पनीले कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ११ हजार ४६८ जना सेयरधनीलाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । 

बाँडफाँडपछि कम्पनीको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर बाँकी रहेको देखिन्छ। यसरी बाँडफाँडमा नपरेको सेयर लिलाम प्रक्रिया मार्फत बिक्री गरिने छ।
 

 
मंगलबार, ०८ माघ २०८१, १२ : ५८

प्रतिक्रिया