संसदीय समितिमा प्रभाव जमाउने उर्जामन्त्री खड्काको दाउ, आफ्नै रिसोर्टमा लगेर बैठक बसाले

बुधबार, ०९ माघ २०८१, ११ : ४४

काठमाडौं- विभिन्न विद्युत आयोजनाका ठेक्कामा अनियमितता गरेको भन्दै बारम्बार विवादमा आएका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदीय समितिमा आउने उजुरीबाट जोगिन त्यसको  बैठक नै आफ्नो रिसोर्टमा लगेर बसालेका छन् ।

संघीय संसद अन्तर्गतको पूर्वाधार समितिको बैठक मन्त्री खड्काले बूढानिलकण्ठस्थित आफ्नै होलिडे इन रिसोर्टमा यही सोमबार र मंगलबार दुई दिन बैठक बसालेका हुन् ।

उनले जलस्रोत विधेयकमाथि छलफल गर्ने भन्दै संसदीय समितिमा रहेका सांसदहरुलाई आवासीय व्यवस्था गरेर आफ्नै रिसोर्टमा लगेका हुन् । उक्त बैठक माओवादी केन्द्रका सांसदहरुले बहिष्कार गरेका थिए भने अन्य दलका सांसदहरुले सहभागीता जनाएका थिए ।

यो पनि पढ्नुस्

विद्युत आयोजनाको ठेक्का दिलाउन उर्जामन्त्री खड्काद्वारा करोडौंको चलखेल, अख्तियारको छानबिन

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का आफू निकटको कम्पनीलाई दिलाउन मन्त्री खड्काले चेक बाँडेको विषय सार्वजनिक भएको थियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागिपरेका उनी पछिल्लो समय निकै विवादमा तानिएका छन् ।

 

बुधबार, ०९ माघ २०८१, ११ : ४४

प्रतिक्रिया