काठमाडाैं- कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पाल्पाबीच बैंकका ग्राहकलाई हस्पिटल सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार हस्पिटलका सेवाहरूमा ओपीडी टिकट र सामान्य बेड शुल्कमा २५%, आईसीयू, शल्यक्रिया, एक्स-रे तथा युएसजी सेवामा १०%, र ल्याब टेस्टमा ५% सम्म छुट प्रदान गरिनेछ।
२३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, र अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सरल र उत्कृष्ट सेवाका लागि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया