काठमाडौं - चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
सोही २ प्रतिशत नगद लाभांश माघ ७ गतेबाट खातामा पठाएको हो । कम्पनीले बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया