काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा पनि सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन यूनाइनेट इदीमार्दी आरबी हाइड्रोपावरको १९ करोड ५५ लाख ४८ हजार रुपैयाँ , सिन्धु विकास बैंकको १७ करोड १६ लाख ९३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १६ करोड ८६ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया