नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ४.६३ गुणा बढी आवेदन

विहीबार, १० माघ २०८१, १७ : २७

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा आज तेस्रो दिन ३२ हजार बढीले आवेदन दिएका छन् ।सीडीएसका अनुसार आइपीओमा ३२ हजार ३३३ जना आवेदकले १० लाख ४० हजार ८९० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो भनेको मागभन्दा ४.६३ गुणा बढी आवेदन परेको हो । कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सो मध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो। कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 
 

 
विहीबार, १० माघ २०८१, १७ : २७

प्रतिक्रिया