काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर एक हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र यी सेयर खरीदका कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा कम्पनीका अनुसार यी शेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री गरिनेछ ।
प्रतिक्रिया