काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता चार कम्पनीको १ करोड १५ लाख ८६ हजार ६९७.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसै गरी, सहास उर्जा लिमिटेडको ८ प्रतिशत बोनस बापतको २८ लाख कित्ता, सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ५ लाख ३२ हजार कित्ता, ओरेन्टियल होटल्सको ५ प्रतिशत बोनस बापतको ५ लाख ६४ हजार ४५.२२ कित्ता गरी जम्मा १ करोड १५ लाख ८६ हजार ६९७.२२ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त कम्पनीहरूको शेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया