काठमाडौं - यस साता नेप्से परिसूचक २.५४ प्रतिशत अर्थात् ६५.७३ अंकले बढेर २६५४.३५ विन्दुमा पुगेको छ। यस हप्ता सेयर पाँच दिन खुलेका थियो । गत साता २५८८.६२ बिन्दुमा भएको बजार यो साता २.५४ प्रतिशत अर्थात् ६५.७३ अंकले बढेर २६५४.३५ विन्दुमा पुगेको छ।
साताको पहिलो दिन आइतबार नेप्से १२.५८ अंकले बढ्यो , सोमबार ६.७८ अकंले बढ्यो, मंगलबार ५.०८ अंकले बढ्यो, बुधवार ५२.२६ अंकले बढ्यो र बिहीबार ११.१० अंकले घट्यो । यस साता पाँच कारोबार दिनमध्ये चार कारोबार दिन नेप्से बढेको हो भने एक कारोबार दिन नेप्से घटेको थियो ।
आइतबार ६ अर्ब २५ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ५७ करोडको कारोबार भयो । मंगलबार ६ अर्ब १९ करोड, बुधबार ९ अर्ब २० करोड र बिहीबार ७ अर्ब ८५ करोडको कारोबार भएको थियो ।
यो साता फाइनान्स बाहेक सबै सेक्टर बढेका छन् । फाइनान्स सेक्टर भने २.८४ प्रतिशत घट्यो । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २८.८१ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २८.११ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २७.८८ प्रतिशत बढेको छ।
साताको पहिलो कारोबार दिन नेप्से १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ६.७८ अकंले बढेर २६०७.९९ बिन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको चौथो कारोबार दिन नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८१९० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन नेप्से ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो ।
प्रतिक्रिया