काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
बैंकले विद्यमान संस्थापक, योग्य व्यक्ति तथा कम्पनीका साथै संघसंस्थाहरूले समेत किन्न पाउने गरी बिक्री गर्ने भएको हो। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०७ रुपैयाँ तोकिएको बैंकले जनाएको छ।सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज माघ १३ गतेदेखि २० गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्ने बैंकले जनाएको छ। बोलपत्र आवेदन फाराम सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पाइनेछ।
प्रतिक्रिया