काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनीको करिब सवा ३ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत माघ २० गतेबाट बिक्री खुला गरिने भएको छ।
इन्स्योरेन्सले १० बराबर ६.२५६ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सले संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी जम्मा ३ लाख २० हजार ५३३.२२ कित्ता अवितिरत हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो।
सो सेयर खरिदका लागि आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलकबोल पेस गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सेयर संख्यामा कुनै हद तोकिएको छैन। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया