सगरमाथा जलविद्युतको बोनस सेयर डिम्याट खातामा

आइतबार, १३ माघ २०८१, १२ : ३८

काठमाडौं - सगरमाथा जलविद्युत कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ

कम्पनीको मंसिर १४ गतेको साधारण सभाले पारित गरेको ४.७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गरेको थियो । कात्तिक २५ गतेसम्म कायम सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर पठाइएको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

साथै, कात्तिक २५ गतेसम्म सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि बोनस सेयर डिम्याट खातामा पठाइने प्रभु क्यापिटलले जनाएको छ।

आइतबार, १३ माघ २०८१, १२ : ३८

प्रतिक्रिया