काठमाडौं - नेपाल ल्युब आयलले आफ्ना सेयरधनीहरुका लागि २०० प्रतिशत हकप्रद ल्याउने भएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो । हकप्रद सेयरको प्रस्ताव पेस गर्न कम्पनीले आफ्नो विशेष साधारण सभा माघ २९ गते बोलाएको छ ।
सभा ललितपुरको पुल्चोकस्थित द प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ । प्रस्तावित हकप्रद स्वीकृतपश्चात् कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्ध पत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
यसअघि सञ्चालक समितिको बैठकमा एफपीओ वा हकप्रद जारी गरेर कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव लगिएकोमा उक्त निर्णय बदर गरी अब हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया