काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), एनआइशी एशिया डिबेञ्चर, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ५३ लाख ७३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ८७ लाख ३८ हजार रुपैंया, सिन्धु विकास बैंकको २९ करोड २० लाख २९ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको २५ करोड ५६ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा गिरावट आउँदा पनि उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया