काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज थप दुई कम्पनीको २४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस बापतको १६ लाख ६० हजार ८६८.४० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त कम्पनीहरूको सेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया