नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो

आइतबार, १३ माघ २०८१, १७ : २९

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आइपीओमा ५ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीले माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा ३९ हजार ५१५ वैदेशिक रोजगारमा रहेका नेपालीले १२ लाख ६५ हजार ५० कित्ताका लागि खरिद आवेदन दिएका छन्। जुन मागभन्दा ५.६२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओ भर्दा कम्तीमा १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। 

उनीहरुले कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आइपीओ भर्ने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ।


 

आइतबार, १३ माघ २०८१, १७ : २९

प्रतिक्रिया