नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

सोमबार, १४ माघ २०८१, १२ : ०९

काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन्।सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। 

तोकिएको ३५ दिनभित्र संस्थापकबाट आवेदन प्राप्त नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले बताएको छ।

सोमबार, १४ माघ २०८१, १२ : ०९

प्रतिक्रिया