भोलिदेखि पहिलो चरणको आईपीओ जारी गर्दै क्रेष्ट माइक्रो लाइफ

सोमबार, १४ माघ २०८१, १३ : ००

काठमाडौं - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका दरले सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। सो मध्येबाट १० प्रतिशतले हुने २ लाख २५ हजार कित्ता पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

वैदेशिक रोजगारमा रहेकाले आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति माघ २९ गतेसम्म रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

सोमबार, १४ माघ २०८१, १३ : ००

प्रतिक्रिया