प्रभु केवलकारको हकप्रद सेयर बाँडफाँट

सोमबार, १४ माघ २०८१, १३ : ३७

काठमाडौं - प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले मंसिर २९ गतेदेखि माघ ४ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर माघ १३ गते बाँडफाँट गरेको छ। 

कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई आवेदन अनुसार हकप्रद शेयर बाँडफाँट गरेको हो । आफ्नो हकभन्दा बढी सेयर माग गर्ने आवेदकहरूको हकमा समेत माग बमोजिम सेयर बाँडफाँट गरिएको भनाई कम्पनीको छ । 

कम्पनीले मंसिर ११ गतेसम्म कायम सेयरधनीहरुका लागि ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी हो । कम्पनीले संस्थापक सेयरधनीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यी हकप्रद सेयर विक्री गरेको हो ।
 

सोमबार, १४ माघ २०८१, १३ : ३७

प्रतिक्रिया