काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६१ अंकले घटेर २६३३.३२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ जार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, धौलागिरी लघुवित्त, नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य सर्वाधिक घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सिन्धु विकास बैंकसेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २९ करोड ५९ लाख ५६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको २७ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन माउन्टेन इनर्जीको २६ करोड २७ लाख ३० हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ७५ लाख १९ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया