काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५४ हजार ८११.५७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले प्रतिकित्ता १२० रुपैयाँ अंकित मूल्यमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी सेयर विक्री गरिने जानकारी बैंकले दिएको हो ।
प्रतिक्रिया