समता घरेलु लघुवित्तले बोलायो साधारण सभा

मंगलबार, १५ माघ २०८१, १२ : ५३

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो फागुन ११ गते एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि  सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभामा सेयर संरचना संशोधन गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालू आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोदन गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गर्ने निर्णय गरेकाले माघ २३ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

मंगलबार, १५ माघ २०८१, १२ : ५३

प्रतिक्रिया