नेप्सेमा २४.५० अकंको वृद्धि, यी कम्पनीको भयो सर्वाधिक कारोबार

मंगलबार, १५ माघ २०८१, १५ : १४

काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५० अकंले बढेर २६५७.७७ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनी १ करोड ९६ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर, सामुदायिक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

 

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, बजार बढेसँगै नेपाल रिइन्स्योेरेन्सको २९ करोड तीन लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २८ करोड ८७ लाख रुपैयाँ र हिमालयन पावरको १९ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यस दिन सबैभन्दा बढी उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

Capture

मंगलबार, १५ माघ २०८१, १५ : १४

प्रतिक्रिया