सार्वजनिक विदाका कारण दुई दिन बन्द रहने शेयर बजार, आइतबारदेखि पुनः खुल्ने

बुधबार, १६ माघ २०८१, १६ : ४९

काठमाडौं – शेयर बजार बुधबार र बिहीबार दुई दिनका लागि बन्द हुने भएको छ। आज बुधबार शहीद दिवस तथा भोलि बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक बिदा घोषणा गरेपछि शेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन्।

शेयर बजार अब आइतबार बिहान ११ बजेबाट मात्र नियमित कारोबारका लागि खुल्नेछ। यद्यपि, बैंक तथा वित्तीय संस्था भने शुक्रबारदेखि नै नियमित रुपमा सञ्चालनमा आउनेछन्।

यस साता शेयर बजारको कारोबार मिश्रित देखिएको छ। सुरुवाती दुई दिन लगातार गिरावट आए पनि मंगलबार बजारमा सकारात्मक सुधार देखिएको थियो। दुई दिनको विश्रामपछि आइतबार बजार कसरी खुल्ने भन्ने विषयमा लगानीकर्ताको चासो बढेको छ।

 
बुधबार, १६ माघ २०८१, १६ : ४९

प्रतिक्रिया