काठमाडौं - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ७ करोड ६९ लाख २५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज माघ १७ गते बिहानसम्म २७ हजार २५४ जना आवेदकले ७ लाख ६९ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ३.४१ गुणा बढी आवेदन हो । कम्पनीले माघ १५ गतेदेखि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया