काठमाडौं - एनएमबि बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता सेयर बिक्रीमा राखेको छ।
बैंकले उक्त सेयर यसअघि संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तोकिएको समयावधिसम्म संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० को कार्यालयमा निवेदन दिनु पर्नेछ।
सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।
प्रतिक्रिया