काठमाडौं - श्रृजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
लघुवित्तले सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यस पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । सभा, होटल पावन मिथिला थाली प्रालि, गोलबजार ६ मा बिहान ९ बजे सुरु हुनेछ ।
प्रतिक्रिया