शिखर इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

शुक्रबार, १८ माघ २०८१, ११ : ४८

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०\८१ का लागि १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले वितरणयोग्य मुनाफाबाट कुल २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनी सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको 

यस लाभांशमा १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छ। बोनस शेयरको रकम २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ र नगद लाभांशको रकम १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ हुनेछ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
 

शुक्रबार, १८ माघ २०८१, ११ : ४८

प्रतिक्रिया