काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त, न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ९७ लाख २ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सिन्धु विकास बैंकको ३० करोड ६१ लाख ३२ हजार रुपैंया, हिमालयन पावर पार्टनरको २९ करोड ८१ लाख ४१ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २७ करोड ८१ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया