काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ ।
कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको छ ।कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।
सेयर खरिदका लागि बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीको शाखा कार्यालयहरू,विराटनगर, विरगञ्ज,पुतलीसडक,पोखरा, नेपालगञ्ज,बुटवल,सुर्खेत र धनगढीमा आवेदन पेस गर्न सक्नेछन् ।
प्रतिक्रिया