धितोपत्र बोर्डको सहप्रवक्तामा तोलाकान्त न्यौपाने नियुक्त

सोमबार, २१ माघ २०८१, १० : ४१

काठमाडौं - नेपाल धितोपत्र बोर्डले निर्देशक तोलाकान्त न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यही माघ १५ गतेबाटै लागू हुने गरी धितोपत्र बोर्डका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो। हाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले निर्वाह गरिरहेका छन्।

सोमबार, २१ माघ २०८१, १० : ४१

प्रतिक्रिया