प्रि–ओपन सेसनमा १.०६ अंकले बढ्यो नेप्से

सोमबार, २१ माघ २०८१, ११ : ०९

काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०६ अंकले बढेको छ । यससँगै सूचक २७२८.६४ को विन्दुमा कायम भएको छ ।

सोमबार प्रि ओपन सेसनमा १० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७७ कम्पनीको २ लाख २१ हजार ९ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।  

३८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ६६ वटा कारोबार भएको हो ।

सोमबार, २१ माघ २०८१, ११ : ०९

प्रतिक्रिया