हालसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्‍यो आवेदन ?

सोमबार, २१ माघ २०८१, १२ : ३२

काठमाडौं - नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १५ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज बिहान सम्ममा ४९ हजार ५५० जनाले १५ लाख ८२ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.०३ गुणा बढी आवेदन हो । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गते सम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । केयर रेटिङ नेपालले इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 
 

सोमबार, २१ माघ २०८१, १२ : ३२

प्रतिक्रिया