काठमाडौं - कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएकाले आजदेखि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया